अन्तर्राष्ट्रिय नर्सिङ दिवस टीकापुरका नर्सहरुले बिरामीलाई सहयोग गर्दै भव्यताका साथ मनाए

५ years अगाडी teraibulletin

अन्तर्राष्ट्रिय नर्सिङ दिवस टीकापुरका नर्सहरुले बिरामीलाई सहयोग गर्दै भव्यताका साथ मनाए

यज्ञराज उपाध्याय / टीकापुर । १२० औ अन्तराष्ट्रिय नर्सिङ दिवस टीकापुर अस्पतालमा कार्यरत नर्सिङ कर्मचारीहरूले भव्यता साथ एक कार्यक्रम गरेर मनाएका छन् । टीकापुर अस्पताल र AHF टीकापुरको सहयोगमा संचालित कार्यक्रममार्फत अहिलेको कोरोनाको डरलाई परास्त गर्न हौसला मिल्ने गरेर नर्सिङ दिवस मनाइरहेको आयोजकले जनाएको हो ।

टीकापुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कंडेलको अध्यक्षतामा र टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्री दिपक बहादुर रावलको प्रमुख आतिथ्यतामा करिब ७० जना भन्दा बढी नर्सहरूको उपस्थितिमा कोरोनाको कहरका बीच पनि कार्यक्रम सुसम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि अस्पताल व्यवस्थापन समिति अध्यक्ष रावल र कार्यक्रमका अध्यक्ष अस्पतालका निमित्त प्रमुख मेसु डा. कंडेलले नर्सिङ दिवसको शुभकामना दिदै अहिले सबैभन्दा बढी खतराको घेरामा नर्सहरु नै रहेकाले एकदमै सतर्क रहन आग्रहसमेत गरेका थिए ।

कार्यक्रमका अवसरमा अस्पतालमा भर्ना भएका बिरामीहरूलाई अस्पतालमा कार्यरत नर्सिङ कर्मचारीहरूले प्रति बिरामी दुई दुई साबुन र मास्कसमेत वितरण गरेका थिए भने सुखडमा रहेको साहारा घरमा रहेका असहाय, अनाथ, अपांग, मानसिक रोगीलाई सहयोगको लागि अस्पतालकै स्टाफहरुबाट रकम संकलन गरिएको थियो ।

स्टाफ नर्स लक्ष्मी परियारले संचालन गरेको कार्यक्रममा वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक कल्पना खड्काले स्वागत मन्तव्यमार्फत सबैलाई स्वागत गर्नुभएको थियो । नर्सिङ दिवसबारे नर्सिङ अधिकृत कमला विष्टले मन्तव्य राख्नुभएको थियो ।

त्यस्तै अहिले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको लडाईमा अग्रपंक्तिमा खट्ने नर्सिङ कर्मचारीको सम्मान स्वरूप अस्पतालका सूचना अधिकारी राजेन्द्र शर्माले ‘तिमी महान् छौ’ शिर्षकको कविता वाचन गर्नुभएको थियो । टीकापुर अस्पतालबाट रिटायर सि.अ.न.मी. अंगुर सिलवाललाई सम्मान गरिएको थियो ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?