नेकपा नेता भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानमा कोरोना पोजिटिभ

५ years अगाडी teraibulletin

नेकपा नेता भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानमा कोरोना पोजिटिभ

धनगढी । पूर्व गृहमन्त्री एवं नेकपाका प्रभावशाली नेता भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।

ती २७ वर्षीय प्रहरी जवानको स्थायी घर रामेछाप भएको र उनी भक्तपुर चागुनारायाण नगरपालिका वडा नम्बर १ दुवाकोटामा अस्थायी रुपमा बस्दै आएको बताइएको छ ।

ती जवान सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत रहेको र उनको टेकु अस्पतालमा अहिले उपचार भइरहेको छ । उनका परिवारको सदस्यको समेत परीक्षणका लागि ट्रेसिङ भईरहेको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?