काठमाण्डौ ।माहामारी संकटनको बेला नेपाललाइ सहयोग गर्न आगाडि चिन
चिनियाँ जनमुक्ति सेनाको विमान काठमाडौँमा अवतरण भएको छ । नेपाली सेनाका लागि सहयोगबापत चिनियाँ जनमुक्ति सेनाले स्वास्थ्य सामग्री आफ्नै एयर फोर्स विमानबाट नेपाल ल्याइदिएको हो ।
आज विहान विहान चीनको चेङ्दुबाट काठमाडौंका लागि उडेको थियो । बिहान करिब ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर विमानले ती सामग्री छोडेको हो ।
यसमा मास्क, गगल्स, पीपीई, बुट, बुट कभर, ग्लोब, थर्मोमिटर लगायतका सामग्री रहेको भन्सार विभागका एक अधिकारीले बताए । ‘यो सामग्री नेपाली सेनाका लागि सहयोगबापत आएका हो,’ ती अधिकारीले भने, ‘कोभिड–१९ विरुद्ध लड्न सेनाले यो सामग्री प्रयोग गर्नेछ
सेनाले कति परिमाणको मेडिकल समाग्री प्राप्त ग¥यो भन्ने खुलाइएको छैन ।