नरेन्द्र महतो- महोत्तरी,
महोत्तरी गौशाला ३१ बैशाख।महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका वडा नं ७ जमुनियामा अाईतवार बलात्कारकाे प्रयास भएकाे पिडित महीला वर्ष३५ अनिता देवि राउतले बताएकि छिन । आफु घाँस काटि रहेकाे अवस्थामा स्थानिय राज कुमार सिंह दनुवारले बलात्कारकाे प्रयास गरेका हुन।
राज कुमारले आफुलाई मार पिटगरि कपडा, लता च्याति दिएकाे पिडितले जनाईन । पिडित महीलालाई स्थानिय स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरि प्रादेशिक अस्पताल जनकपुर रेफर गरिएका छन ।
उता घटना भएकाे खबर अाफुलाई साेमवार मात्र थाहा भएकाे मगरथाना चाैकिका असई प्रसन्नि कमलराज भण्डारीले जनाएका छन ।घटना बारेमा छानविन भईरहेकाे र आराेपितकाे खाेजतलास जारी रहेकाे भण्डारीले जनाएका छन ।