धनुषा र महोत्तरीमा भेटिएका चार संक्रमितहरुको क्षेत्रहरु सिल गर्ने तयारी

५ years अगाडी teraibulletin

धनुषा र महोत्तरीमा भेटिएका चार संक्रमितहरुको क्षेत्रहरु सिल गर्ने तयारी

तराइ खबर समाचारदाता- जनकपुरधाम, मंगलबार धनुषा र महोत्तरीमा भेटिएका ४ जना कोरोना संक्रमितलाई उपचारका लागि कोरोना विशेष अस्पताल जनकपुर ल्याउन लागिएको छ।

चारैजनालाई उपचारको लागि जनकपुरमा निर्माण गरेको कोरोना विशेष अस्पतालमा ल्याउने तयारी भइरहेको प्रादेशिक अस्पताल जनकपुरका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. जामुन सिंहले जानकारी दिए ।

धनुषाको मिथिला नगरपालिका १० लालगढकी २०वर्षीया युवती र जनकपुरधाम उपमहानगरपालिकाका ४० वर्षीय पुरुषमा कोरोना भेटिएको छ । यस्तै महोत्तरीको महोत्तरी गाउँपालिका ३ डामीका ३५ वर्षीय पुरुष, स्थानीय १६ वर्षीय किशोर छन् । महोत्तरीका ३५ वर्षीय पुरुष जनकपुरधाममा बस्दै आएका छन् भने १६ वर्षीय किशोर जलेश्वर बस्दै आएको बुझिएको छ ।
संक्रमित भेटिएका क्षेत्रहरुलाई सिल गर्ने तथा कन्ट्याक्ट ट्रेसिंगको काम गर्ने विषयमा अहिले जिल्ला प्रशासन कार्यालय धनुषाका अकास्मिक बैठक बसेको छ ।

सभार-टुडे पाटी

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?