पर्सा ३१ बैशाख -पर्सा प्रहरीले पत्रकारमाथि गरेको दुर्ववहारको प्रतिनिधिसभा संसदमा समेत प्रवेश पाएको छ । पर्सा प्रहरीले पर्सेली संचारकर्मी /पत्रकारमाथी गर्न थालेको ज्यादतिले संचारकर्मी त्रसित भएकोले यस्ता कार्य तत्काल रोकन नेकपाकी सांसद पुष्पा कर्ण कायस्तले हिजो (मंगलबार) माग गर्नु भएको छ l
पर्साका पत्रकारहरू माथि प्रहरीले गरेको दुर्व्यवहारका कारण पत्रकार महासंघ पर्सा तीदिनदेखि आन्दोलनमा रहेकोले दोषी प्रहरीलाई तत्काल कारवाही गर्न समेत उहाले माग गर्नुभएको छ । संसदमा चलिरहेको बजेट अधिवेशनको सिद्धान्त र प्रिबजेट छलफलका क्रममा बोल्दै सांसद कर्णले पर्सामा पत्रकार,औषधि व्यावसायी, चिकित्सक, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्ने प्रहरीलाई कारवाहीको माग गर्नुभएको छ ।
उहाले कोरोनाको कहर बढ़ी मध्यतराईमा देखिएकोले उचित व्यस्थापन गर्न सकारको ध्यान आकर्सन गराउनु भयो l जनताले भोग्दै आएको पीड़ालाइ आफुले नजिकबाट नियाली रहेको बताउदै सांसद कायस्तले ततकाल जनताको समस्या संबोधन गर्नको लागी सरकार संग माग गर्नु भयो l
अन्तिम अपडेट:२०७७/ बैशाख ३१ बूद्धबार