पर्सा ३१ बैशाख –बीरगंजको नारायणी अस्पतालको आइसोलेसन वार्डबाट भागेका एक कोरोना संक्रमित फिल्म हलमा भेटिएका प्रहरीले जनाएको छ l (आज) बुधबार दिउँसो अस्पतालको आइसोलेसन वार्डबाट भागेका दुईजनामध्ये एकजना भने हलमा भेनिटएका पर्सा प्रहरीले जनाएको छ ।
अस्पतालबाट भागेपछि उनी बन्द रहेको फिल्म हलमा गएर लुकेको अवस्थामा प्रहरीले फेला पारी पुन नियन्त्रणमा लिएको जनाएको छ । अर्का व्यक्तिको पनि खोजी भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्र बहादुर साहले जानकारी दिए ।
अस्पतालको सर्जिकल वार्डमा आइसोलेसन बेड तयार गरी राखिएका ती दुई संक्रमित शौचालयको झ्यालबाट भागेको प्रहरी नायब उपरीक्षक शाहीले भने l प्रहरी नायब उपरीक्षक शाही भन्छन:-उनीहरुलाई मंगलबार (हिजो) साँझ अस्पताल भर्ना गरिएको थियो । हिजो पर्सामा ५७ जना संक्रमित भेटिएका थिए । त्यसमध्येकै दुईजना आज भागेका थिए भनी उने बताएका छन l
अन्तिम अपडेट:२०७७/ बैशाख ३१ बूद्धबार