काठमाडौं । नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर दुई लाख ९८ हजार बढीको मृत्यु भएको छ । वर्ल्ड मिटरको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या दुई लाख ९८ हजार ८३ पुगेको छ ।
यस्तै ४४ लाख २८ हजार २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ भने विश्वभर अहिलेसम्म १६ लाख ५७ हजार ९ सय ५ जना निको भइसकेका छन् ।
कोरोनाबाट विश्वमा सबैभन्दा धेरै संक्रमित र मृतक संयुक्त राज्य अमेरिकामा रहेका छन । अमेरिकामा अहिलेसम्म १४ लाख ३० हजार ३ सय ४८ संक्रमित भेटिएकोमा ८५ हजाअ १ सय ९७ जनाको ज्यान गइसकेको छ भने ३ लाख १० हजार २ सय ५९ जना निको भएर घर फर्किसकेका छन् ।