नारायणी अस्पतालबाट फरार भएका दुबै कोरोना संक्रमित भेटिए

५ years अगाडी teraibulletin

नारायणी अस्पतालबाट फरार भएका दुबै कोरोना संक्रमित भेटिए

बीरगंज १ जेठ –समाज बीरगंजको नारायणी अस्पतालको आईसोलेशनबाट आज(बुधबार) अपरान्ह फरार दुई जना कोरोना संक्रमितलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एकजनालाई बीरगंज महानगरपालीकाको पश्चिममा पर्ने तिलाबे नदीको पुल नजिकैबाट र अर्काेलाई धोविनी गाउपालीकाको हरिहरपुर बाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिएका छन ।

कोरोना संक्रमित बीरगंज महानगरपालीका वडा नम्बर १६ घरभई आफ्नो ठेगाना बीरगंज छपकैया लेखाउने रामनाथ यादब र अर्का बीरगंज छपकैयाकै जफार मियाँ रहेका छन् । मियाँलाई हरिहरपुरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।संक्रमित अभियुक्त दुबैजना नारायणी अस्पतालको दोस्रो तल्लाको पछाडी रहेको शौचालयको भेन्टिलेशन तोडेर फरार भएका थिए ।

अन्तिम अपडेट:२०७७/  जेठ १ बिहीबार

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?