टीकापुरमा लकडाउन थप कडाइ, अनावश्यक बाहिर निस्केकालाई कारबाही गरिदै

५ years अगाडी teraibulletin

टीकापुरमा लकडाउन थप कडाइ, अनावश्यक बाहिर निस्केकालाई कारबाही गरिदै

यज्ञराज उपाध्याय, टीकापुर । टीकापुरमा लकडाउन थप कडाइ गर्न थालिएको छ । केही दिनयता सरकारको उद्योग सञ्चालन गर्न पाउने निर्णयपछि बजारमा मान्छेहरुको भिडभाड बढ्दै गएको थियो तर सोमबार बर्दियामा एक बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि र उनी केही साताअघि मात्र भजनीमा चार दिन बसेर फर्किएको कुरा बाहिर आएपछि प्रहरीले लकडाउनलाई कडाइ गर्न सुरु गरेको हो ।

नेपालमा एक महिनामा देखिएको कोरोनानसंक्रमितको संख्या अब तीनचार दिनमा नै देखिन थालेपछि प्रधानमन्त्री केपि ओलिले लकडाउनलाई कडाइ गर्न निर्देशन दिएपछि अहिले सबैठाउँमा कडाइ गरिन थालेको एक सुरक्षा अधिकारीले जानकारी दिए ।

टीकापुरको सन्दर्भमा ईलाका प्रहरी कार्यालय टीकापुर र सशस्त्र प्रहरीको टोलिले बिहान साँझ ठाउँ ठाउँमा चेकजाँचमा कडाइ गरिरहेका छन् । अनावश्यक बाहिर आउनेलाई सोही ठाउँमा होल्ड गर्ने, सवारी नियन्त्रणमा लिने कार्य भइरहेको प्रहरीले जनाएको छ । बुधबार मात्र प्रहरीले दर्जनौं मोटरसाइकललाई होल्ड गरेको थियो । बिहानपख बजार खुल्ने र आवतजावत गर्न मिल्ने भ्रम फैलाउदै बजारमा मान्छेहरुको उपस्थिति बाक्लिन थालेपछि प्रहरीले थप कडाइ गरेको हो ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?