पर्सा २ जेठ –बिश्वमा कोभिड-१९ कोरोना भाईरसको माहामारी सङ्गै त्रास र यसबाट बच्न नेपालमा पनि लकडाउन सुरु भएसङै सुरक्षाकर्मी , स्वास्थ्यकर्मी र सन्चारकर्मीहरु फ्रन्ट लाईनमा रहि आफ्नो ज्यानको पर्वाह र परिवारहरुको माया मोह त्यागेर जनताको लागी , देशको लागी , समाजको लागी, विभिन्न संघ-सस्थाको लागी, राजनैतिक पार्टीका लागी काम गर्दै आईरहेको अवस्थामा केहि दिन अघि मात्र पर्साका दुई पत्रकारहरुलाई कोरोना भाईरस पोजेटिभ देखिएको सङै अहिले पत्रकारहरुलाई हेर्ने दृस्टिकाेण समाजमा परिवर्तन भएको हुदा अचम्म लागेको छ ।
हिजो सम्म यहि सन्चारकर्मीहरु ( पत्रकार ) लाई आफ्नो निजि स्वार्थका लागी प्रयोग गर्दै आईरहेका विभिन्न संघ सस्था , राजनैतिक दल , एनजिओ , आएनजिओ , ईस्ट मित्र र आफन्तजनहरु अहिले यस्तो अवस्थामा कुनै आश्वासन , प्रतिक्रिया , आवस्यक सहयोग र सान्त्वना समेत नाआएकोमा आगामी दिनमा हामी पर्सेली सन्चारकर्मी एक भैइ यस्ता स्वार्थी सोच र निजि प्रयोग गर्नेहरु सङ्ग बेलैमा सचेत हुन र जरुरी छ ।
सुखको बेला त सबै हुन्छ तर दु:खको बेला सबै टाटा – टाढा हुदै गैइ रहेको छ । कोभिड को सन्क्रमण देखिएका २ जना सन्चारकर्मी नारायणीको आइसुलेसन मागैसके काछ्न र पर्सा का करिब १०४ जना सन्चारकर्मी ले आफ्नो स्वाब परिक्षण गराइ रिपोर्ट न आउन्जेल सम्म को लागि आ-आफ्नो घर वा अफिस मा सेल्फ क्वरन्टाइन भै बसे काछ्न ।
तर समाज मा सन्चारकर्मी लाई देख्ने दृस्ठिकोण नै फरक भै दिदा प्राय जसो सन्चारकर्मि अहिले मान्सिक तनाव भोग्नु परेको छ । अहो रात्र सहि सुचना र आम जनमानसको पीडा समाजको सामु ल्याउने सन्चार जगत मा काम गर्ने लाई समान को दिस्टिले देख्नु को साटो अव्हेल्ना गर्नु कति जायज होला । यो आफै मा एउटा गम्भीर विषय बने को छ ।
अन्तिम अपडेट २०७७/जेठ २ गते