स्वयंसेवक भन्दै स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने एकजना पक्राउ

५ years अगाडी teraibulletin

स्वयंसेवक भन्दै स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने एकजना पक्राउ

काठमाडौं । प्रहरीले नागढुंगामा चेकिङका नाममा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने एक जनालाई पक्राउ गरेकाे छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चन्द्रागिरीबाट उत्तम कार्कीलाई पक्राउ गरेकाे परिसरका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिनुभयाे ।

आफूलाई स्वयंसेवाक बताउने कार्कीले शुक्रबार उक्त नाकाबाट काठमाडौं उपत्यका प्रवेश गर्न खोजेका बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीको गाडीलाई रोकेर सोधपुछ गरेका थिए ।

आफ्नो परिचयपत्र देखाए पनि चन्द्रगिरिका उत्तम कार्कीलगायतले निर्देशक कार्कीको झोलासमेत खानतलासी गरेका थिए । उनले खिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो भने विरोधसमेत भएको थियो ।

यसरी स्वयंसेवाको नाममा कसैलाई पनि खानतलासीको अधिकार र दुव्र्यवहार गर्ने अधिकार नभएको र आवश्यक कारबाही गरिने गृह मन्त्रालयले जनाएको थियो ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?