कैलालीमा कोरोना आशंकामा चारजना सेती अस्पतालको आइसोलेसनमा भर्ना

५ years अगाडी teraibulletin

कैलालीमा कोरोना आशंकामा चारजना सेती अस्पतालको आइसोलेसनमा भर्ना

धनगढी । कोरोना आशंकामा कैलालीका चार जना सेती प्रादेशिक अस्पतालमा भर्ना भएका छन् ।

कैलालीको कैलारी गाउँपालिका १ हसुलियाकी २७ वर्षीया महिला, धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ३० वर्षीय पुरुष, उनकी २९ वर्षीया श्रीमती र धनगढी उपमहानगरपालिका –१३ का ३० वर्षीय पुरुष आइसोलेसनमा भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार उनीहरुको कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरिएको छ । आइसोलेसनमा भर्ना भएका मध्ये हसुलियाकी २७ वर्षीया महिलामा ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएको छ । ती महिलाका भाई दुई महिनाअघि देहरादुनबाट आएको बुझिएको छ भने धनगढीका ३० वर्षीय पुरुष डेढ महिना अघि मलेसियाबाट आएको बताइएको छ ।

ती पुरुषमा डाईरिया र उनकी श्रीमतीमा घाँटी तथा छाती दुख्ने समस्या देखिएपछि आफै अस्पताल पुगेको सूचना अधिकारी श्रेष्ठले बताए। यस्तै गेटाका ३० वर्षीय पुरुषमा ज्वरो देखिएपछि आइसोलेसनमा राखिएको हो ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?