कोरोना परीक्षण नगरी भारतबाट तरकारी र फलफुल आयात नगर्न सर्वोच्चको आदेश

५ years अगाडी teraibulletin

कोरोना परीक्षण नगरी भारतबाट तरकारी र फलफुल आयात नगर्न सर्वोच्चको आदेश

काठमाण्डौ । सर्वोच्च अदालतले भारतलगायत अन्य देशबाट आयात हुने फलफूल तथा तरकारी जस्ता बस्तुहरुमा पाइने विसादी तथा उपलब्ध भएसम्म कोभिड–१९ परीक्षण गरी नेपाल प्रवेश गराउन आइतबार सरकारलाई अन्तरिम आदेश दिएको छ ।

न्यायाधीशहरु दीपककुमार कार्की र हरिप्रसाद फुयालको संयुक्त इजलासले संविधानको विभिन्न धाराले प्रत्याभुत गरेका अधिकार संरक्षण गर्ने प्रयोजनका लागि भारतलगातका देशबाट आयात हुने फलफूल तथा तरकारी जस्ता बस्तुहरुमा पाइने विषादी तथा संभव भएसम्म कोभिड–१९ परीक्षण गरी नेपाल प्रवेश गराउन अन्तरिम आदेश दिएको हो ।

अधिवक्ता मणिराम उपाध्यायसमेतले भारतबाट आएका तरकारीमा कोभिड–१९ संक्रमण हुने डर भएकाले त्यसलाई रोकी नेपाली किसानले उत्पादन गरेका फलफूल तथा तरकारीलाई बढावा दिन आदेशको माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।सर्वोच्चले आन्तरिक रुपमा उत्पादन भएका फलफूल तथा तरकारीको विषादी तथा कोरोना भाइरसको परीक्षण गरी वितरणको ब्यवस्था गर्न पनि आदेश दिएको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?