कोरोनाबाट मृत्यु भएकी सुत्केरीको शिशुको रिपोर्ट नेगेटिभ

५ years अगाडी teraibulletin

कोरोनाबाट मृत्यु भएकी सुत्केरीको शिशुको रिपोर्ट नेगेटिभ

काठमाण्डौ । धुलिखेल अस्पतालमा गरिएको पिसिआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा। सुमनराज ताम्राकारले जानकारी दिए।

२९ वर्षीय ती सुत्केरी महिलाको मृत्युपछि कोरोना भएको पुष्टि भएपछि शिशुसहित परिवारका चार जना सदस्यलाई आइसोलेसनमा राखिएको थियो।

परिवारका बाँकी सदस्यमा मृतककी श्रीमान, आमा र बहिनी छन्।

नतिजा नेगेटिभ देखिएपछि शिशुसहित सबैलाई जिल्लाको क्वारेन्टाइनमा पठाउने तयारी गरिएको छ।

सिन्धुपाल्चोको बाह्रविसे नगरपालिका(९ राम्चे घर भएकी महिलाको गत बिहीबार साँझ धुलिखेल अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो।

उनले गत बैशाख २४ गते काठमाडौंको टिचिङ अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन्।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?