कपिलवस्तुको क्वारेन्टाइनबाट भागेका ४६ जनालाई फिर्ता

५ years अगाडी teraibulletin

कपिलवस्तुको क्वारेन्टाइनबाट भागेका ४६ जनालाई फिर्ता

काठमाण्डौ।कपिलवस्तुको यशोधरा गाउँपालिकास्थित क्वारेन्टाइनबाट भागेका सबै व्यक्तिलाई प्रहरीले खोजेर सोमबार बिहान क्वारेन्टाइनमै फिर्ता ल्याएको छ।

यशोधरा गाउँपालिका वडा नम्बर ८ स्थित सरस्वति प्रावि खोरिया र राष्ट्रिय निमावि सिंहखोरमा रहेका दुईवटा क्वारेन्टाइनबाट शुक्रबार र शनिबार ४६ जना व्यक्तिहरु भागेका थिए।

भारतका विभिन्न स्थानबाट लुकिछिपी आएका उनीहरुलाई स्थानीयको सहयोगमा गाउँपालिकाले क्वारेन्टाइनमा राखेको थियो।

कमजोर सुरक्षा व्यवस्थाका कारण रातिको समयमा भागेका उनीहरुलाई गाउँमै लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिई पुनः क्वारेन्टाइनमा राखिएको चौकी यशोधराका प्रहरी नायब निरीक्षक हिमनाथ घिमिरेले जानकारी दिए। उनीहरू सबै लकडाउनको समयमा भारतबाट आएका थिए।

शुक्रबार राति वडा नम्बर ८ को खोरियास्थित सरस्वति प्राविमा निर्मित क्वारेन्टाइनका ३० जना बढी र शनिबार सोही वडाको राष्ट्रिय निमावि सिहोखोरका थप १६ जना समेत क्वारेन्टाइन छाडेर भागेका थिए।

उनीहरुमध्ये तीन जना महिलासहित ६ जना बालबालिका रहेकोले होम क्वारेन्टाइनमा रहेको र ३७ जनालाई भने पुनः सरस्वति प्राविकै क्वारेन्टाइनमा ल्याइएको घिमिरेले जानकारी दिए।

यसअघि स्थानीय युवाहरूले सुरक्षा दिएकोमा अहिले भने २४सैं घण्टा प्रहरीले सुरक्षा दिनेगरी व्यवस्था गरिएको उनले बताए।

यशोधरा गाउँपालिकामा हालसम्म १२ जना संक्रमित फेला परेका छन्। सो गाउँपालिकामा पनि बढी संक्रमित वडा नम्बर ८ मा ५ जना छन्।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?