कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

५ years अगाडी teraibulletin

कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार जिल्लाकाे मायादेवी गाउँपालिका वडा नं ४ का ३ जनामा तथा साेही गाउँपालिका वडा नं ३ का १ जनामा संक्रमण देखिएकाे हाे । यससंगै जिल्लामा कोरोना संक्रमतिको संख्या ४७ पुगेको छ ।

केही दिनअघि भारतबाट फर्किएर मायादेवी गाउँपालिकाले बनाएकाे जनता प्राविमा रहेकाे क्वाररेन्टाइनमा बस्दै आएका थिए । पीसीआर परीक्षण गर्दा उनीहरूमा संक्रमण देखिएकाे हाे

गाउँपालिका स्वास्थ्य संयोजक महेन्द्र प्रसाद यादवका अनुसार संक्रमितहरू एक जना २० वर्षीय युवक रहेका छन् भने अन्य तीन जना ४०, ४२ र ४५ वर्षका पुरुष हुन् ।

प्रदेश नम्बर ५ को जन स्वास्थय प्रयोगशला भैरहवामा गरिएको पिसिआर परीक्षणपछि उनीहरूका संक्रमण पुष्टि भएकाे हाे । यससँगै मायादेवीमा मात्रै नौ जना कोरोना संक्रमित भएका छन् ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?