बग्दादको अमेरिकी राजदूतावास नजिक क्षेप्यास्त्र प्रहार

५ years अगाडी teraibulletin

बग्दादको अमेरिकी राजदूतावास नजिक क्षेप्यास्त्र प्रहार

काठमाण्डौ ।एजेन्सी, ६ जेठ । बग्दादको अमेरिकी राजदूतावास नजिक क्षेप्यास्त्र प्रहार भएको जनाइएको छ ।

स्थानीय संचार माध्यमहरुका अनुसार राजदूतावास नजिक मंगलबार बिहान एउटा क्षेप्यास्त्र प्रहार भएको र ठूलो विस्फोट भएको हो ।

सेनाद्वारा जारी वक्तव्यमा उक्त क्षेप्यास्त्र बग्दादको पूर्वी जिल्लाबाट प्रहार गरिएको र उक्त क्षेप्यास्त्र निकै सुरक्षित ग्रिन जोनभित्रको खाली भवनमा खसेको उल्लेख गरिएको छ । बग्दादको ग्रिन जोन क्षेत्रमा सबैजसो विदेशी राजदूतावासहरु रहेका छन् ।

उक्त घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन र त्यसबाट कुनै मानवीय क्षति भएको छैन ।

ग्रिन जोन क्षेत्रमा बेलाबेला क्षेप्यास्त्र आक्रमण हुने गरेको छ । सन् २०२० मा मात्र कम्तीमा २७ पटक क्षेप्यास्त्र प्रहार भइसकेको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?