झापामा गाडीको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु

५ years अगाडी teraibulletin

झापामा गाडीको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु

काठमाण्डौ । मंगलबार गाडीको ठक्करबाट बिर्तामोड नगरपालिका १० का धिरेन राईका ४ वर्षीय छोरा सुदेन राईको मृत्यु भएको हो।

सैनिक मोडबाट बजारतर्फ जाँदै गरेको मे १ च ५६०२ नम्बरको गाडीले राईलाई ठक्कर दिएको थियो।

घाइते भएका राईको उपचारको लागि झापास्थित बिएण्डसी अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?