आज देशभर मेघगर्जन, चट्याङ र हुरीबताससहित पानी पर्ने, सतर्क रहन महाशाखाको

५ years अगाडी teraibulletin

आज देशभर मेघगर्जन, चट्याङ र हुरीबताससहित पानी पर्ने, सतर्क रहन महाशाखाको

काठमाडौं । आज देशका धेरैजसो ठाउँमा मेघगर्जन सहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बंगालको खाडीमा विकसित अम्पुन नामकरण गरिएको शक्तिशाली आँधी ९चक्रवात० को ‘अप्रत्यक्ष’ प्रभावका कारण पूर्वी र मध्य क्षेत्रका सबैजसो ठाउँ र पश्चिमका केही ठाउँमा मेघगर्जन, चट्याङ तथा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसोपख चक्रवातले नेपाली जमिन छुने र त्यसपछि मेघगर्जन, वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुने महाशाखाले जनाएको छ । आज बेलुकीपख चक्रवातको प्रभाव बढि पर्ने र रातिबाट प्रभाव कम हुँदै भोलि बिहीबार दिउँसोबाट मौसममा सुधार आउन थाल्ने मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ ।

अंपुन चक्रवातको अप्रत्यक्ष प्रभावले मेघगर्जन, चट्याङ र हावाहुरी तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

वर्षाका कारण खोलानालाहरुमा पानीको मात्रा बढेर बाढीसमेत आउन सक्ने भएकोले त्यसबारेमा पनि सचेत हुनसमेत महाशाखाले अनुरोध गरेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ( ‘हाल देशमा स्थानीय वायु को प्रभावसँगै अंपुन चक्रवातको अप्रत्यक्ष प्रभावले बदलीसँगै पूर्वी भू(भागका धेरै स्थानहरु, मध्य भू(भागका केही स्थानहरुमा र पश्चिमी भू(भागका थोरै संगै मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्ययम वर्षाको संभावना रहेको साथै हिमाली भु(भागहरुमा हिमपातको समेत संभावना रहेको छ। जसको कारणले खोलानालाहरुमा जलप्रवाहमा समेत बढोत्तरि हुने संभावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?