पर्सा ७ जेठ –भारतका विभिन्न राज्यबाट नेपाल फर्किने क्रममा सीमावर्ती रक्सौलको क्वारेन्टाइनमा रहेका २ सय २२ नेपाली नागरिकलाई आज(बुधबार) वीरगन्ज ल्याइने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । त्यसमध्ये पर्साका ४२ जना, पश्चिम रुकुम र बाराका २३/२३ जना लगायत २५ जिल्लाका बासिन्दा छन् ।
नेपालको २५ जिल्लाका २ सय २२ नागरिक रक्सौलको क्वारेन्टाइनमा छन्,’ सहायक प्रजिअ बस्नेतले भने, ‘सबैलाई बुधबार वीरगन्ज ल्याइने छ ।’ जुन जिल्लाले आफ्ना बासिन्दा पठाइ दिउ भन्छन्, उनीहरुलाई हामी पठाइदिन्छौं, बाँकीलाई यहाँको क्वारेन्टाइनमा राखिने छ ।
वीरगन्जको त्रिजुद्ध माध्यमिक विद्यालय र द्धारदेवी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा उनीहरुलाई राख्ने व्यवस्था मिलाइएको छ । ‘क्वारेन्टाइनमा राखेर थ्रोट स्वाब परीक्षणमा नेगेटिभ नतिजा आएपछि घर पठाउने व्यवस्था मिलाउँछौं,’ बस्नेतले भने ।
अन्तिम अपडेट २०७७/ जेठ ७ गते –बुधबार