अतिक्रमणमा परेको भुभाग नयाँ नक्सामा समेटियो।

५ years अगाडी teraibulletin

अतिक्रमणमा परेको भुभाग नयाँ नक्सामा समेटियो।

दार्चुलाजिल्लाको छाङरुबाट देखिएको भारतले मिचेको भूभाग (नदीको माथिल्लो भेगमा देखिएको हिउँसहितको पहाड) । बीचमा काली नदी छ । काली नदीको बायाँको भूभाग भारत हो भने दायाँ नेपाल हो ।

दोभान माथि बीचमा देखिएको हिउँसहितको पहाडको बायाँ लिम्पियाधुराबाट काली नदी आउँछ । त्यो पहाडको दायाँबाट लिपुलेक कालापानी हुँदै लिपु खोला बग्छ । गुञ्जी दोभानमा आएर मिसिन्छ । छाङरुबाट गुञ्जी १० किलोमिटरको दूरीमा छ । त्यही लिपुखोलालाई काली दावी गरेर भारतले त्यस उता लिम्पियाधुरासम्मको भूभाग भारतले अतिक्रमण गरेको छ ।

उक्त पहाडमा गुञ्जी, कुटी, नावीलगायत गाउँ पर्छ । बुधबार सरकारले यो सबै भूभाग समेटेर नेपालको नक्सा सार्वजनिक गरेको हो ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?