अम्फान आँधीमा परी बंगालमा १२ जनाको मृत्यू, कलकत्ता विमानस्थल क्षतिग्रस्त

५ years अगाडी teraibulletin

अम्फान आँधीमा परी बंगालमा १२ जनाको मृत्यू, कलकत्ता विमानस्थल क्षतिग्रस्त

काठमाडौं । पश्चिम बंगाल र ओडिशामा बुधबार आएको भीषण चक्रवाती तुफा अम्फान बिस्तारै कमजोर बन्न थालेको छ । मौसम विभागका अनुसार बितेको ६ घण्टामा यो २७ किलोमिटर प्रतिघण्टाको तिव्रतामा उत्तर(उत्तरपूर्वी दिशातर्फ अगाडी बढेको थियो ।

पछिल्लो घण्टाहरुमा यसको गति कम भएको छ । असम, मेघालयमा आज सामान्य वर्षा भएको छ । बुधबार तुफानका कारण हावाको गति पश्चिमा बंगालमा १९० किलोमिटर प्रतिघण्टासम्म पुगेको थियो ।

अम्फानका कारण पश्चिम बंगालमा १२ जनाको मृत्यू भएको त्यहाँको मुख्यमन्त्री ममता बनर्जीले बताएकी छिन् । ५५ सय घरको नोक्सानका साथै हजारौं करोडको नोक्सान भएको उनले बताइन् । यसको पूर्ण क्षति आंकलन गर्न अझै ३(४ दिन लाग्नेछ ।

तुफान आउनुअगाडि नै ६।६ लाख मानिसलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिसकिएको थियो ।

तुफानका कारण कोलकत्ता एयरपोर्टमा पनि भारी क्षति पुगेको छ । पूरा एयरपोर्ट नै पानीले भरिएको छ । कतिपय विमानहरु क्षतिग्रस्त पनि भएका छन् । विमानस्थल प्रशासन अहिले पानी निकाल्न लागिरहेको छ ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?