सामाजिक सुरक्षा भत्ता वितरण रोकिएकामा ध्यानाकर्षण

५ years अगाडी teraibulletin

सामाजिक सुरक्षा भत्ता वितरण रोकिएकामा ध्यानाकर्षण

काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रकाश पन्थले अतिअशक्त अपाङ्गता भएका व्यक्ति र ६० वर्ष मुनिका असहाय एकल महिलालाई विगतदेखि पाउँदै आएको सामाजिक सुरक्षा भत्ता वितरण नगर्ने निर्णयप्रति ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।

उहाँले आज एक विज्ञप्तिमार्फत यस कार्यबाट संविधानले ग्यारेन्टी गरेको सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको हनन हुने र संविधानले आत्मसात गरेको मौलिक हकको प्रतिकूलसमेत भएको भन्दै विरोध जनाउनुभएको हो । यो कार्य कोरोना महामारीबाट जनता प्रताडित भइरहेको विषम अवस्थामा नेपालको संविधानमा उल्लेख भएको ‘अशक्त, अपाङ्गता भएका व्यक्ति र असहाय नागरिकले सामाजिक सुरक्षाको हकबाट बञ्चित रहनुपर्ने छैन’ भन्ने प्रावधान प्रतिकूल रहेको भनी सांसद पन्थले टिप्पणी गर्नुभएको छ ।

अतिअशक्त अपाङ्गता भएका व्यक्ति र असहाय एकल महिलाको भत्ता रोकिनु भनेको अत्यन्त अमानवीय कार्य भएको भन्दै उहाँले उक्त निर्णय तत्काल खारेज गरी अविलम्ब सामाजिक सुरक्षा भत्ता वितरण गर्न सरकारसँग माग गर्नुभए

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?