पीड़ित जनताको दुःख,पीड़ा केन्द्र सम्म पुर्याउनको लागी राजनितिमा आएको छु :कार्यक्रम तराई सम्बाद(पूर्ण पाठ सहित )

५ years अगाडी teraibulletin

पीड़ित जनताको दुःख,पीड़ा केन्द्र सम्म पुर्याउनको लागी राजनितिमा आएको छु :कार्यक्रम तराई सम्बाद(पूर्ण पाठ सहित )

 

पर्सा ८ जेठ –नमस्कार आजको तराई सम्बादको अर्को श्रृंखलामा तपाई सम्पूर्ण पाठकलाइ स्वागत गर्धछु म कार्यक्रम संचालक पर्साबाट श्रीनारायण-महतो l आजको तराई सम्बादको अर्को श्रृंखलामा हामीले निम्त्याएका छौ नव उदयमान बिद्यार्थी नेता मधुसुदन चौर्शियालाइ l उनी बिगत ५ बर्षदेखि बिद्यार्थी राजनितिमा लागेका छन l उनी जनता समाजबादी पार्टी नेपाल निकट राष्ट्रीय बिद्यार्थी संघ पर्सा जिल्लको अध्यक्ष समेत रहेका छन l उनको रस्ती-बस्ती पर्साको बिन्द्वासिनी गाउपालिका वडा न:-३ मा रहेको छ भने उनी हाल बीरगंज महानगरपालिका वडा न:-३ छपकैयामा बस्दै आएका छन l

प्रस्तोता –कार्यक्रम तराई सम्बादमा तपाईलाई स्वागत छ- मधुसुदन चौर्शिया जी l

चौर्शिया- हस धन्याबाद तपाई र तराई खबर सम्पूर्ण टीमलाइ l

प्रस्तोता –  संचै हुनुहुन्छ,आज भोली के के मा ब्यस्त हुनुहुन्छ ?

चौर्शिया- एकदम ठीक छू यस्तै जनताको सक्दो सहयोग गर्नमा अली अली ब्यस्त छू भन्नु पर्छ l

प्रस्तोता- तपाईले बिगत ५ बर्षदेखि राजनीतिमा लाग्नु भएको छ-किन लाग्नु भयो राजनीतिमा ?

चौर्शिया – हो तपाईले  ठीक भन्नु भयो म बिगत ५ बर्षदेखि राजनितिमा लागेको छू l अब किन लागेको

छू भन्नु पर्दा जब म १८ वर्षको थिए त्यही बेला देखि मेरो मनमा समाजमा रहेका

पीड़ित,उपेक्षित,एकला महिला,दलित,असहाय लयात पछाड़ी परेका

समुदायलाइ,सहयोग  गर्ने भावना थियो l तर मैले सहयो गर्दै जादा कही-कही राजनिति

पहुच नहुदा त्यस्ता वर्ग आफ्नो आँखाको सामू नै सहयोगको लागी छटपटाई रह्हेको

देख्दा मन कस्तो कस्तो हुन्थ्यो l अनी पछि साथी भाईले तपाईलाई अब समाजको लागी

केही गर्नुको लागी राजनितिमा जानू पर्यो भने अनि मैले राजनीतिमा आएको हु l

प्रस्तोता- तपाईले राजनीतिमा आएपछि घरपरिवार र समाजबाट कतिको साथ सहयोग      

पाईरहनु  भएको छ ?

चौर्शिया – होइन मैले अगाडी नै तपाईलाई भानिदिएको छू समाजले नै भनेकोमा म राजनितिमाँ

आएको छु l समाजका सबै दाजू भाई,दीदी बहिनी र साथीहरू मलाई सबैले साथ दिदै

आउनु भएको छ र मलाई आशा होइन पूर्ण बिश्वास छ उहाहरू आगामी दिनमा समेत

मलाई साथ र सहयोग गर्नुहुनेछ  l

प्रस्तोता –  अनी यो त भयो समाजको,घर परिवारमा कस्तो छ ?

चौर्शिया –  घरमा मलाई सबैले यो मेरो राजनिति पेशामा सघाउछन ,माया गर्छन मैले गरेको राम्रो

कामलाइ सपोर्ट गर्नुहुन्छ उहाहरू गलत हेर्नु हुन्छ भने सिकाउनु पनी हुन्छ l मैले सामज र

पारिवारिक दुबै सपोर्ट राम्रो पाएको छू l

प्रस्तोता – खासै तपाईले ५ बर्षको अवधिमा के के गर्नु भयो राजनीतिमा आइसके पछि ?

चौरसिया –धेरै काम गरेको छू l राजनितिमा आइसके पछि दिनहु जनताको बिभिन्न मुद्दा ,समस्या

लिएर बिभिन्न सम्बन्धित ठाउमा गएको छु जनताको समस्यालाइ सक्दो समाधान गराएको

छु l पीड़ित स्थानीय नागरिकको कुरा केन्द्र मातहतको बिभिन्न निकायमा पुर्याएको छू l

जनतालाइ निकास चाहियो,बिकास चाहियो जनताहरू बिभिन्न पीड़ामा छन यो अधिकांस

कुरा मैले राजनीति मार्फत नै केन्द्र सम्म पुर्याएको छू –कतिपयको समस्या समाधान समेत

भएको छ l

प्रस्तोता –चौर्शिया जी जादा जादै एउटा कुरा बताई दिनुस राजनीति गर्नको लागी आर्थिक

अवस्था पनी राम्रो हुनु पर्यो भन्छन –तपाईलाई कसरी सम्भव भयो ?

चौर्शिया – होईन तपाईले भन्नु भएको कुरा राम्रो हो राजनीति गर्नको लागी अर्थ ब्यवस्था राम्रो

हुनुपर्यो तर पनी आर्थिक संग संगै ब्यक्तिको बिचार पनी राम्रो हुनु पर्यो l  बिचार नै

राम्रो नभए मात्र पैसाले केही हुनेवाला छैन l

प्रस्तोता –आउने चुनावमा के छ तपाईको योजना चुनाव लड़नु हुन्छ की नाइ ?

चौर्शिया – त्यसमा अहिले नै मैले कुनै टिपण्णी गर्दिन जनताले नै मलाई राजनीती गर्न भनेको छ र

जनताको जनादेश आएपछि जान पनी सकिन्छ तर यसको अहिले नै भन्न सकदीन म l

जनताले भने पछि जनताको सेवा गर्न तयार छू म  l

प्रस्तोता –हस कार्यक्रम तराई सम्बादको अन्त्यमा आइसकेका छौ केही भन्नु हुन्छ अन्त्यमा ?

 चौर्शिया –हजूर अवश्य भन्छु ,यो महामरीको समयमा सम्पूर्ण साथी भाई तथा सम्पूर्ण आदरणीय

जनतालाइ मेरो सानो सन्देश छ ,तपाई सबै जना जाहा हुनुहुन्छ आफुलाई आफै

सुरक्षित बस्नु होला,साबुन पानिले नियमित रुपमा हात धुने गर्नुस,मास्कको प्रयोग गर्नु

आफु पनी सुरक्षित बस्नु अरुलाई सुरक्षित राख्नुस l

प्रस्तोता –हस्त कार्यक्रमम तराई सम्बादको आजको समय सकिएको छ समय र सम्बादको लागी

समय दिनु भएकोमा जनता समाजबादी पार्टी नेपाल निकट राष्ट्रीय बिद्यार्थी संघ पर्सा

जिल्लको अध्यक्ष समेत रहेका बिद्यार्थी नेता मधुसुदन चौर्शियालाइ धेरै धेरै धन्यबाद l

चौर्शिया –हजूर मेरो पनी राजनितिक परिवेशको यात्रालाइ केलाउनु भयो र मेरो पनी बिचार राख्न

मौक़ा दिनुभएकोमा तपाई लगायत सम्पूर्ण तराई खबर टीमलाइ धेरै धेरै धन्यावाद l

प्रस्तोता -हस आजको हाम्रो कार्यक्रम तराई सम्बाद तपाई सम्पूर्ण पाठक वर्गलाई कस्तो लाग्यो

           प्रतिक्रिया दिन नबिर्सनु होला l आजको तराई सम्बादको समय एही समाप्त भएको

           छ l अब अर्को सम्बादमा फेरी तपाई सम्पूर्ण पाठक संग भेट हुने नै छ तब सम्मको     

           लागी कार्यक्रम उत्पादक ज्ञानेन्द्र यादव र हाम्र पाठकलाइ धेरै धेरै धन्याबाद म  

           सम्बाद कार्यकमको संचालक पर्साबाट श्रीनारायण-महतो बिदा हुन्छु नमस्कार !

 

         अन्तिम अपडेट २०७७/ जेठ ९ गते-शुक्रबार

 

 

          

 

 

 

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?