भारतबाट आउँदै गरेका नेपालीको बाटाेमै ज्यान गयाे

५ years अगाडी teraibulletin

भारतबाट आउँदै गरेका नेपालीको बाटाेमै ज्यान गयाे

काठमाण्डौ । भारतको गुजरातबाट नेपाल आउँदै गरेका एक नेपालीको बाटामा ज्यान गएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं ९ का ३५ वर्षीय कृष्णबहादुर गैरेको बाटामा निधन भएको हो ।

अत्यधिक बान्ता गरेका कारण उनको मृत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो ।

मृतकसँगै बसेकाका अनुसार उनले अत्याधक मदिरा सेवन गरेका थिए । भारतबाट दुई बस रिजर्भ गरेर आज गैरेसहित ९१ जना नेपाल प्रवेश गरेका छन् । उनको मृत्युको सबै कारण खुल्न सकेको छैन ।

गैरेसहित उनीसँग सम्पर्कमा रहेका १० जनाको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको उहाँले बताउनुभयो । उनको शव परिवारको जिम्मा लगाइएको छ ।
तपाईंको प्रतिकृया

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?