काठमाण्डौ । बाँकेका ४ र बर्दियाका १ जनामा कोरोना संक्रमण पुष्टिआइतवार बेलुका बाँकेका ४ र बर्दियाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
दाङको राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पीसीआर परीक्षणको रिपोर्टमा बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं। ५ का १६, २३, २३ र २४ बर्षीय युवाहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
नारायणपुर भवनपुर माविको क्वारेन्टाइनमा बसेका चार जनामा कोरोना पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा। संगीता भण्डारीले जानकारी दिनुभयो । आइतवार बेलुका नै बर्दिया जिल्लाको बाँसगढी वडा नं। ९ निवासी २५ बर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८ पुगेको छ । तीमध्ये ८७ जना उपचारपछि घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ।
आइतवार दाङ,बाँके, बर्दियाको गरी २ सय २९ वटा नमूना परीक्षण गर्दा २ सय २४ जनाको रिपोर्ट नेगेटिभ आएको पनि बताइएको छ । आइतवार थप २ सय ६६ वटा नमूना प्रक्रियामा रहेको प्रतिष्ठानले जानकारी दिएको छ ।