काठमाण्डौ । सोमबार थप ७ जनामा कोरोना संक्रमण देखिएको छ।
संक्रमित व्यक्तिहरू अछाम मेललेख गाउँपालिकाका ३२ वर्षीय पुरूष, बर्दिया गुलरिया(१० का २२ र २४ वर्षीय पुरूष, २ का १८ वर्षीय पुरूष, पर्सा जिराभवानी गाउँपालिकाका(४ का १८ वर्षीय पुरूष, काठमाडौं( १५ घर भएका कलैयामा कार्यरत २८ वर्षीय पुरूष रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।
योसँगै संक्रमितको संख्या ६ सय ८२ पुगेको छ। यसअघि सोमबार बिहानै काठमाडौंका तीनसहित ७२ जना कोरोना संक्रमित थपिएका थिए।
अहिलेसम्म १ सय ११ जना कोरोनाको उपचारपछि निको भएर घर फर्किसकेका छन्।