जिल्ला अस्पताल–बर्दियामा इमर्जेन्सी बाहेक सबै सेवा बन्द

५ years अगाडी teraibulletin

जिल्ला अस्पताल–बर्दियामा इमर्जेन्सी बाहेक सबै सेवा बन्द

काठमाण्डौ । जिल्ला अस्पताल, बर्दियाको आइसोलेसन र जनरल कक्ष मंलबारदेखि सिल गरिएको छ । जिल्ला अस्पताल गुलरियामा उपचाररत गुलरिया नगरपालिका वडा नम्बर १ का १८ वर्षका एक जनामा कोरोना पुष्टि भएपछि आइसोलेसन कक्ष सिल गरिएको हो ।

यसका साथै, इमर्जेन्सीबाहेक सबै सेवा पनि बन्द गरिएको जानकारी गराइएको छ । आइसोलेसन र जनरल कक्षको शौचालय एउटै भएकाले सिल गरिएको बर्दिया जिल्ला अस्पतालका प्रमुख डा। सुभाष पान्डेले बताए ।

‘संक्रमितसँग घुलमिल भएका २० जना स्वास्थ्यकर्मीहरु क्वारेन्टाइनमा गएका छन्’ उनले भने, ‘क्वारेन्टाइनमा बस्ने दुई जना डाक्टर पनि हुनुहुन्छ ।’

संवेदनशिलतालाई बुझेर अस्पतालका दुई वटा कक्ष सिल गरिएको र दुई जना सुरक्षाकर्मीहरुलाई क्वारेन्टाइनमा राखिएको प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीले बताए ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?