प्रदेश दुईमा गत २४ घण्टामा ५६ जना कोरोना संक्रमित फेला:रौतहटमा मात्र एकै दिन ३५ जनामा पुष्टि

५ years अगाडी teraibulletin

प्रदेश दुईमा गत २४ घण्टामा ५६ जना कोरोना संक्रमित फेला:रौतहटमा मात्र एकै दिन ३५ जनामा पुष्टि

पर्सा १४ जेठ-प्रदेशमा गत २४ घण्टामा ५६ जना नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमण पुष्टि भएको छ l जसमध्ये रौतहटमा ३५ जना,बारामा ८ जना, सप्तरीमा ११ जना र सिराहामा २ जना गरी जम्मा प्रदेश दुइमा गत २४ घण्टामा ५६ जना कोरोना संक्रमण पुष्टी भएको हो ।

रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्वर ७ र ८ का क्रमसः २१ बर्षिय र ३५ बर्षिय पुरुष, सोही जिल्ला स्थित गौर नगरपालिकामा रहेको जुद्धोदय माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेको ८ जना पुरुष, त्यसैगरी कठहरिया नगरपालिकाका वडा नम्वर ३ का क्रमष ३६ र ३७ बर्षिय पुरुषहरु र इसनाथ नगरपालिकाको जोकाहा स्थित मस्तिजमा निर्माण गरिएको क्वारन्टाईनमा रहेका बर्ष १३ र ३५ बर्षिय पुरुष तथा सोही नगरपालिकाको श्री जनता माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका क्रमसः १७ बर्ष, १९ बर्ष र २० बर्षमा ३ जना तथा २१, २२, २४, २७, ३४, ३८, ३५, ४८ र ५० बर्षिय पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

बारा:- बारा जिल्लामा एक स्वास्थ्यकर्मी सहित थप आठ(८ ) जनामा कोरोना संक्रमण देखिएको छ l जिल्ला प्रशासन कार्यालय बाराको अनुसार संक्रमित उनिहरु सबै जना पचारौता नगरपालिकाको रहेको र उनीहरू पिपरपातीमा बनाइएको एउटै क्वारेन्टाईनमा बस्दै आएका थीएl

जिल्ला प्रहरी कार्यालय बाराको अनुसार उनीहरु सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको तथा अस्पतालमा ल्याउँने तयारी भइरहेको छ । यो सँगै बारामा कोरोना सक्रमित संख्या ५४ जना पुगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम प्रहरी उपरिक्षक गौतम मिश्राले बताएका छन।

प्रहरी उपरिक्षक मिश्रको अनुसार कुल ५४ संक्रमित मध्ये दुइजना उपचार पछि घर फरकेका छन भने एक जनाको कोरोनाको कारण मृत्यु भएको छ  lरोजगारीको सिलसिलामा नया संक्रमितहरू भारत गएका थिए र उनीहरू लकडाउनको समयमा नै नेपाल फरकेका थिए l कोरोनाको संक्रमण देखिएका स्वास्थ्यकर्मी नगरपालिकाको तर्फबाट क्वारेन्टाईनमा खटिँदै आएका थिए ।

सप्तरी :-  सप्तरीमा कोरोना भाइरसबाट संक्रमितको संख्या १५ पुगेको छ । यसअघि सप्तरीमा ४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । मंगलबार एक महिलासहित ११ जना गरि सप्तरीमा कोरोना संक्रमितको संख्या १५ पुगेको हो ।

मंगलबार जिल्लाको बोदेबर्साइन नगरपालिकाबाट ८, बलानबिहुल गाउँपालिकाबाट एक महिलासहित २ र सुरुङ्गा नगरपालिकाबाट एक जना गरि ११ जनामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ ।

अन्तिम अपडेट २०७७ साल /जेठ १४ गते –बुधबार

 

 

 

 

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?