अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई गर्ने आर्थिक सहयोग रोक्ने राष्ट्रपति ट्रम्पको घोषणा ।

५ years अगाडी teraibulletin

अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई गर्ने आर्थिक सहयोग रोक्ने राष्ट्रपति ट्रम्पको घोषणा  ।

काठमाण्डू ३ गते बैशाखअमेरिकाले बिश्व स्वास्थ्य संगठन (डब्लयूएचओ)को काडा रुपमा यसपाली आलोचना गरेको छ lअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन आफ्नो आधारभूत कर्तव्य पूरा गर्न नसकेको भन्दै आलोचना गर्नु भएको छ र उसलाई गर्दै आएको आर्थिक सहयोग रोक्ने घोषणा गर्नु भएको अन्तराष्ट्रीय संचार माध्यमले जानाएका छन ।

राष्ट्रपति भवन ह्वाइट हाउसमा भएको कार्यक्रममा ट्रम्पले आफ्नो प्रशासनलाई सङ्गठनको सहयोग रोक्न निर्देशन दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।अमेरिका राष्ट्रपीटी ट्रमले विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचओ) लाई गर्दै आएको सहयोग रकम कटौती गर्ने घोषणा गर्नु भएको छ।

सङ्गठनले कोभिड १९ भाइरसको फैलिने क्रम रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको र चिनियाँ पक्ष संग बढ़ी नाजिएको ट्रम्पले आरोप लगाउनु भएको छ ।राष्ट्रपति ट्रम्पले कोरोना भाइरस चीनमा देखिनासाथ नियन्त्रण गर्न सङ्गठनले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै ट्रम्पले सङ्गठन जवाफदेही बन्नैपर्नेमा जोड दिनु भयो  ।

अमेरिका विश्व स्वास्थ्य सङ्गठनलाई सबैभन्दा धेरै आर्थिक सहयोग गर्ने देश हो । गएको वर्ष अमेरिकाले सङ्गठनलाई २० करोड अमेरिकी डलर सहयोग गरेको थियो । यो रकम सङ्गठनको १५ प्रतिशत बजेट बराबर रहेको अन्तराष्ट्रीय संचारमाध्यमले बताएका छन ।

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?