संगितकार वाजिद खानको कोरोना संक्रमणबाट मृत्यु

५ years अगाडी teraibulletin

संगितकार वाजिद खानको कोरोना संक्रमणबाट मृत्यु

एजेन्सी। भारतीय संगित उद्योगका लोकप्रिय संगितकार वाजिद खानको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ । कोरोना भाइरसको संक्रमण पछि उपचाररत उनको मृत्यु भएको गायक सोनु निगमले ट्वीट मार्फत पुष्टि गरेका छन् ।

४२ वर्षीय खानको किड्नीमा समेत समस्या थियो । उनलाई ४ दिनसम्म भेन्टीलेटरमा राखेर उपचार गरिदै आएको भएतापनि बचाउन नसकिएको भारतीय संचारमाध्यमहरुले बताएका छन् । साजिद र वाजिद दाजुभाईको जोडी भारतको संगित क्षेत्रमा लोकप्रीय नाम थियो ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?