कोरोना भाइरसबाट विश्वमा ३ लाख ७४ हजार भन्दा बढीको मृत्यु, ६३ लाख ४४४ संक्रमित

५ years अगाडी teraibulletin

कोरोना भाइरसबाट विश्वमा ३ लाख ७४ हजार भन्दा बढीको मृत्यु, ६३ लाख ४४४ संक्रमित

काठमाडौं । कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७४ हजार ५२७ पुगेको छ भने, संक्रमितको संख्या ६३ लाख ४४४ पुगेको वल्र्डमिटरको तथ्याङ्कले देखाएको छ

नेपाली समयानुसार सोमबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका २८ लाख ६६ हजार ९२ जना निको भएका छन्। । विश्वभरीमा ३० लाख ५९ हजार ८२५ हाल कोरोना भाइरस सक्रमित उपचाररत रहेका छन् ।

हालसम्म कोरोना भाइरस संक्रमित ५३ हजार ५११ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको छ ।

वल्र्डमिटरको अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १८ लाख ३९ हजार ६७९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ६ हजार २२१ व्यक्तिको मृत्यु भएको छ ।
दक्षिणमा अमेरिकामा ८ लाख ७८ हजार ४७७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४० हजार ११३को मृत्यु भएको छ । युरोपमा २० लाख ३१ हजार ४६४ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७३ हजार ९८२ को मृत्यु भएको छ ।

एसियामा ११ लाख ५६ हजार ५४४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३१ हजार ५३जनाको मृत्यु भएको छ । अफ्रिकामा १ लाख ५१ हजार ५५० जनामा कोरोना भाइरस संक्रमण रुहेको छ भने, ४ हजार २७४ जनाको मृत्यु भएको छ ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?