काठमाडौं। सिंगापुरमा आजबाट लकडाउन खुलेको छ । कोरोना भाइरसले २४ जनाको ज्यान लिएको मुलुक सिंगापुरमा त्यहाँको सरकारले लकडाउन खोल्ने निर्णय गरेको हो ।
यो सँगै आजबाट विद्यार्थीहरु स्कुल जान पाउनेछन् । त्यसैगरी उद्योग तथा निर्माण क्षेत्रलाई पनि केही सर्त राखेर खुला गर्न अनुमति दिइएको बीबीसीले जनाएको छ ।
कोरोना भाइरस महामारीको प्रारम्भिक चरणमा त्यहाँको सरकार महामारी रोक्न सफल भएको थियो । तर अप्रीलमा पुनस् कोरोनाले महामारीको रुप लिएपछि सरकारले लकडाउनमा कडाइ गरेको थियो ।
हालसम्म सिगापुरमा ३५ हजार २९२ कोरोना संक्रमित फेला परेका छन् । जसमा २२ हजार ४ सय ६६ निको भएर घर फर्किसकेका छन् ।