आलो पालो पसल खोल्न दिने जिल्ला प्रशासन कार्यालय बाराको निर्णय (प्रेस विज्ञप्ति सहित)

५ years अगाडी teraibulletin

आलो पालो पसल खोल्न दिने जिल्ला प्रशासन कार्यालय बाराको निर्णय (प्रेस विज्ञप्ति सहित)

पर्सा २१ जेठ –जिल्ला प्रशासन कार्यालय बाराले आज (बुधबार) सूचना जारी गर्दै लकडाउनको र कोरोना संक्रमितको संख्या बढीरहेको अवस्थालाई मध्यनजर गर्दै व्यापार व्यावसाय गर्न आलोपालो दिन तोकेको हो । लकडाउनमा व्यावसाय बन्द हुँदा व्यापारीहरुले ठूलो नोक्सानी बेहोर्नुका परेको र साथै उपभोक्तालाई पनि कठिनाई भएको हुँदा जिल्ला प्रशासन कार्यालय बाराले यस्तो निर्णय गरेको हो  ।

प्रशासनले आइतवार र मंगलवार बिहान १० बजेदेखी अपरान्ह ४ बजेसम्म कपडा, साइकल, मोटरसाइकल, मोटर तथा मोटर पार्टस, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, रेडिमेड, कस्मेटिक, जुत्ता, चप्पल, सैलुनका व्यावसायहरु सामाजिक दुरी कायम गरेर स्वास्थ्य साबधानी अपनाएर खोल्न निर्देशन दिएको छ ।

त्यसैगरी सोमवार, बुधवार, शुक्रवार र शनिवार किराना, खाद्यान्न, आलु, प्याज, किटनाशक, बिउ बिजन, मलखाद लगायतका व्यावसायहरु र बिहिवार हार्डवैयर पसल, सुनचाँदी पसल, भाँडा बर्तन, टेलरिंग, फ्लोरिङ् र फनिर्सिङ् फर्निचर र अन्य पसल बिहान १० बजेदेखी दिउसो ४ बजेसम्म स्वास्थ्य साबधानी अपनाएर खोल्न बिज्ञप्तीमार्फत आग्रह गरेको छ ।

हरियो तरकारी तथा फलफुल, मुख्य बजारमा नलिएर घुम्ती पसलमार्फत बिहान १० बजेसम्म र बेलुका ५ बजेपछि मात्रै बिक्रिवितरण गर्न पनि अनुरोध गरिएको छ ।उद्योग वाणिज्य संघ बारा र किराना पसल संघले तोकेको समयअनुसार आलोपालो गरेर मात्रै व्यापार व्यवासय सञ्चालन गर्न बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।  जेठ २१ गते बुधवारदेखी जेठ ३२ गते राति मध्यरातमा १२ बजेसम्मका लागि लागु हुनेगरी प्रशासनले गरेको निर्णय कार्यन्वयन हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अन्तिम अपडेट २०७७ साल /जेठ २१ गते –बुधबार 

 

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?