कोसी अस्पतालबाट थप २७ जना कोरोना डिस्चार्ज

५ years अगाडी teraibulletin

कोसी अस्पतालबाट थप २७ जना कोरोना  डिस्चार्ज

बिराटनगर ।कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रबाट २७ जना कोरोनामुक्त भएर बिहीबार डिस्चार्ज भएका छन् । चार जना महिलासहित २७ जना बिहीबार कोरोना मुक्त भएर डिस्चार्ज भएका हुन ।

डिस्चार्ज हुनेमा उदयुरका ३, झापाका ७, मोरङका ६, सुनसरीका ४, धनकुटाका २, खोटाङका १ र सप्तरीका २ जना छन् । डिस्चार्ज भएकाहरुलाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले फूलको गुच्छा दिएर बिदाइ गरेका थिए ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?