देशका अधिकांश स्थानमा लगातार वर्षा, बाढीको सम्भावना

५ years अगाडी teraibulletin

देशका अधिकांश स्थानमा लगातार वर्षा, बाढीको सम्भावना

काठमाडौं ।केही स्थानबाहेक शुक्रबार बिहानैदेखि देशैभरजसो वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद्  अनुसार शुक्रबार बिहान काठमाडौं उपत्यकासहित बागमती, प्रदेश १, २ र गण्डकी प्रदेशका सबै क्षेत्रमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। साथै प्रदेश ५ को दाङदेखि पूर्व वर्षा भइरहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदलीको अवस्था छ।
मौसमविद्का अनुसार वर्षा प्रमुख रूपमा अरब सागरमा बनेको निसर्ग चक्रवात (सामुद्रिक आँधी) कमजोर भएर बनेको न्यून चापीय क्षेत्रको प्रभावले हो भने देशमा अहिले पश्चिमी तथा स्थानीय वायुको समेत प्रभाव छ।

अहिले जारी वर्षा हल्कादेखि मध्यमसम्मको हो। तर लगातार वर्षा भइरहेमा त्यो भारी वर्षाका रूपमा परिणत हुन पनि सक्ने मौसमविद्को भनाइ छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?