काठमाण्डौ । नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या पाँच सय ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा ९६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
कोरोना विशेष अस्पताल जनकपुरबाट ३० जना डिस्चार्ज भएका छन् । धनुषाका ६ जना महिला र २४ जना पुरुष उपचारपछि घर फर्केको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै काठमाण्डौको बलम्बुबाट काठमाण्डौकै एक महिला डिस्चार्ज हुनुभएको छ । बाँकेमा २२ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । त्यस्तै राप्ती सोनार आइसोलेशनबाट बाँकेका सात जना डिस्चार्ज भएका छन् ।
त्यस्तै धरानबाट झापाका २८ जना उपचारपछि निको भएका छन् । दाङमा उपचार गराइरहेका सात जना पुरुष र जिल्ला अस्पताल दैलेखबाट एक जना निको भएका छन् ।