नेपालमा एकैदिन १४ जना कोरोना सङ्क्रमित थपिए

५ years अगाडी teraibulletin

नेपालमा एकैदिन १४ जना कोरोना सङ्क्रमित थपिए

बैशाख ५,काठमाडौं ।नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।

उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् ।

यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका-८ का आमा छोरा हुन् ।यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?