बलिउडका चर्चित कलाकार सुशान्त सिंह राजपुतले गरे आत्महत्या

५ years अगाडी teraibulletin

बलिउडका चर्चित कलाकार सुशान्त सिंह राजपुतले गरे आत्महत्या

एजेन्सी । बलिउडका चर्चित कलाकार सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन्।

उनी आइतबार बिहान मुम्बाईस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

३४ वर्षीय सुशान्तले के कारणले आत्महत्या गरे भन्ने विषयमा केही नखुलेको बताइएको छ।

मुम्बई प्रहरी अहिले उनको घरमा पुगेर अनुसन्धान सुरु गरेको छ।

उनी ६ महिनादेखि डिप्रेसनमा रहेको भन्दै प्रहरीले डिप्रेसनकै कारण उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ।

टेलिसिरियलबाट करिअर सुरुवात गरेका उनको पहिलो सिरियल ‘किस देशमे हे मेरा दिल’मा अभिनय गरेका थिए। उनको विशेष परिचय भने एकता कपुरको धारावाहिक सिरियल ‘पवित्र रिस्ता’बाट मिलेको थियो।

यसपछि उनी ‘काइ पो चे’मार्फत बलिउडमा प्रवेश गरेका थिए। यसमा उनको अभिनयको निकै चर्चा भएको थियो। यसपछि उनी ‘शुद्ध देशी रोमान्स्’, भारतीय क्रिकेट टिमका पूर्वकप्तान एमएस धोनीको जीवनीमा आधारित फिल्म ‘एमएस धोनी स् द अन टोल्ड स्टोरी’, ुपिकेु, ुसोन चिडिया और छिछोरी’ जस्ता फिल्ममा काम गरेका थिए।

उनलाई सबैभन्दा चर्चा दिलाउने फिल्म बनेको थियो धोनीको जीवनीमा आधारित फिल्म । यसमा उनको अभिनयको अहिलेसम्म पनि चर्चा गरिँदै आएको छ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?