काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर ६१ जना डिस्चार्ज भएका छन । जसमा ६ जना महिला र ५५ जना पुरुष रहेका छन योसंगै नेपालमा कोरोना निको हुनेको कुल
संख्या ९७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार निको भएर घर फर्किनेमध्ये पुरुष ८७७ जना र महिला ९७ जना रहेका छन ।