क्वारेन्टाइनमा लैजाँदै गर्दा युवकद्वारा आत्महत्याको प्रयास

५ years अगाडी teraibulletin

क्वारेन्टाइनमा लैजाँदै गर्दा युवकद्वारा आत्महत्याको प्रयास

पर्वत । क्वारेन्टाइनमा राख्नका लागि बसमा जाँदै गरेका एक युवकले हाम फालेर आत्महत्या प्रयास गरेका छन् । युवकले जिल्लाको कुस्मा नगरपालिका ८ स्थित चुवाको भीरबाट हाम फालेर आत्महत्या प्रयास गरेका हुन् । बागलुङ नगरपालिका १३ का ३९ वर्षीय चन्द्रबहादुर नेपालीले सोमबार बिहान पोखरा(बागलुङ सडकमा बस रोकिराखेको अवस्थामा भीरबाट हाम फालेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार सुनौलीबाट उद्दार गरी बागलुङतर्फ लैजाने क्रममा बस रोकेको मौका छोपी युवकले भीरबाट हाम फालेका थिए । भीरमा हाम फालेका नेपाली गम्भीर घाइते भएका छन् । नेपालीको पर्वत अस्पतालमा उपचार भइरहेको छ । स्थिति गम्भीर भएका कारण थप उपचारका लागि पोखरा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी विश्वराज अधिकारीले जानकारी दिनुभयो ।

भारतबाट फर्किएका पर्वत, बागलुङ र म्याग्दीका यात्रुलाई ग २ ख ४२२० नम्बरको बसबाट क्वारेन्टाइनमा राख्नका लागि लैजान लागिएको थियो । पर्वतका नागरिकलाई डिमुवामा झारेपछि बस बागलुङ र म्याग्दीका नागरिक बोकेर आएको थियो । सडकको दुरावस्थाका कारण चालकले अगाडी बढ्न नसक्ने बताउन गाडी रोकेको मौका छोपेर नेपालीले भीरबाट हाम फालेको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?