जनकपुरधाम । प्रदेश दुई सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट पेश गरेको छ ।
प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले आर्थिक वर्ष २०७७/७८ का लागि कुल बजेट ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट सदनमा प्रस्तुत गर्नु भएको हो ।
प्रदेश सरकारले े आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटभन्दा ५ अर्ब कमको बजेट ल्याएको हो । चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३८ अर्व ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको थियो ।
आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको कुल बजेट ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट मध्ये चालू तर्फ ४५।९५ प्रतिशत अर्थात १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार, पूँजीगत तर्फ ५३।६७ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार र वित्तीय व्यवस्था तर्फ ०।४८ प्रतिशत अर्थात १६ करोडको बजेट छुट्याइएको छ ।