गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण

५ years अगाडी teraibulletin

गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार बिहानै गण्डकी प्रदेशका थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय २३ पुगेको छ । गण्डकी प्रदेशको पाँच जिल्लाका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गोरखाको गोरखा नगरपालिकामा एक महिलासहित ८ जना पुरुष र बारपाक सुलिकोट गाउँपालिकाका दुई जना, स्याङजा चापाकोट नगरपालिकाका ४ जना तथा कास्कीको पोखरा नगरपालिका, बाग्लुङको ताराखोला गाउँपालिका, नवलपरासीको विनयत्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाका एक एक जना गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?