बाँकेमा कोरोनाबाट थप १ जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुग्यो

५ years अगाडी teraibulletin

बाँकेमा कोरोनाबाट थप १ जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुग्यो

नेपालगञ्ज । बाँकेमा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिकाकी ४५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो ।

उनको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा असार १ गते मृत्यु भएको थियो । मृत्युपछि मात्रै स्वाव संकलन गरी कोरोना परीक्षण गरिएको थियो । मंगलबार साँझ उनको रिपोर्ट रिपोर्ट पोजेटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ भने देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?