म देशलाई आश्वस्त पार्न चाहन्छु जवानहरुको बलिदान खेर जान दिन्न छैन : मोदि

५ years अगाडी teraibulletin

म देशलाई आश्वस्त पार्न चाहन्छु जवानहरुको बलिदान खेर जान दिन्न छैन : मोदि

काठमाडौं । लद्दाखको गलवान उपत्यकामा आफ्ना २० सैनिकको ज्यान जाने गरी चिनियाँ सेनासँग भएको झडपबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बल्ल मुख खोलेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनलाई चेतावनी दिँदै आफ्नो मुलुक शान्ति चाहने तर कसैले उक्साए उचित जवाफ दिन सक्षम रहेको बताएका छन्। १५ राज्यका मुख्यमन्त्रीसँग भर्चुअल बैठकको शुरुवातमा यस विषयमा बोल्दै मोदीले सैनिकहरुको बलिदान खेर नजाने बताएका छन् ।

उनले भनेका छन् , ‘म देशलाई आश्वस्त पार्न चाहन्छु जवानहरुको बलिदान खेर जाने छैन, म यो कुरामा पूरै देशलाई आश्वस्त पार्न चाहन्छु,’ उनले भने, ‘हाम्रा लागि मुलुकको एकता र सार्वभौमिकता सबैभन्दा महत्वपूर्ण छ ।’

‘भारत शान्ति चाहन्छ तर उचित जवाफ दिन पनि उत्तिकै सक्षम छ’, उनले भने । उनले मृत सैनिकप्रति श्रद्धाञ्जली दिँदै आफ्ना सैनिक मार्दामार्दै मरेको बताएका छन् । सो बैठकमा गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंह पनि उपस्थित थिए । यसअघि भारतीय कंग्रेस नेता राहुल गान्धीले लद्दाख झडपबारे प्रधानमन्त्री किन मौन भन्दै आलोचना गरेका थिए ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?