प्रसासकिय अधिकृत बिरुध अख्तियारमा निवेदन दिए पछि ४० लाख फिर्ता गर्यो – सम्सी गा पा प्रमुख शेख फारुख

५ years अगाडी teraibulletin

प्रसासकिय अधिकृत बिरुध अख्तियारमा निवेदन दिए पछि ४० लाख फिर्ता गर्यो – सम्सी गा पा प्रमुख शेख फारुख

नरेन्द्र महताे-गाैशाला,
महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिकामा यस बर्ष विकास नहुनुकाे मुख्य कारण प्रशासकिय अधिकृत रहेको कुरा गा पा प्रमुख शेख फारुखले महाेत्तरी टुडे अन लाईन बाट संचालित कार्यक्रम “सिधा प्रश्न सिधा उत्तर” कार्यक्रममा पत्रकार नरेन्द्र महताे लाई बताउनु भएको छ।
प्रशासकिय अधिकृत रामजि जाेशिले अाफु सँग कुनै सरसल्लाह नगरी अाफु खुशि जथा भावि ढंग बाट खर्च गरेकाे कारण अाफुले अखित्यार दुरुपयाेग अायाेगमा निवेदन दिए पछि रु चालीस लाख फिर्ता गरेकाे शेखले जनाए र बाँकि कार्य लकडाउनकाे कारण कार्यालय बन्द हुन गएकाेले हुन सकेन। प्रशासकिय अधिकृत जाेशि अाउनु हुन्छ तर मलाई नभेटि जंगलमा गएर हाम्रै पार्टि नेता तथा प्रतिनिधिहरु सँग भेटेर जानू हुन्छ उनले अाराेप लगाए। जंगलमा गएर सम्सी गाउँपालिकाकाे विकास संभव नरहेकाे शेखले जनाए ।

प्राथमिक स्वास्थ्य केन्द्रकाे अवास्था नाजुक बन्दै गईरहेकाे प्रश्नकाे उत्तरमा एम्वुलेन्सकाे रुपया सम्बन्धित व्यक्ति सँग रहेकाे र काेराेनाकाे कारण वैठक नवसेकाेले हिसाब किताब लिन नसकेकाे बताए तर काेराेनामा तीन कराेड खर्च भए पनि क्वारेन्टिनमा रहेका व्यक्तिहरु समयमा उपचार र खाना नपाएकाेमा अाफु अत्यन्त दुःखी भएकाे छु र उसकाे पनि हिसाब किताब लिने शेखले जनाए ।

अर्काे प्रश्ननकाे उत्तरमा अाफु र उप प्रमुखकाे बिच वादविवाद नरहेकाे तर उप प्रमुखकाे कार्य शैली चित वुझ्दाे नरहेकाे छ तर विगतकाे वर्षहरुमा गाउँपालिकामा विकास भएकाे शेखले दाबी समेत गरे।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?