पर्सा ७ असार- नेकपाले बैबाहिक अंगीकृत नागरिकताको गरेको निर्णय प्रति जनता समाजवादी पार्टी वीरगंज महानगर कमिटिले बिरोध प्रदशन गरेको छ । सत्तारूढ दल नेकपाको सचिवालय बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने गरेको निर्णयले नेपाल –भारतको सदियो देखीको बेटी रोटी सम्बन्धमा खल्ल पु¥याउने भन्दै नागरिक संशोधन विधेक खारेजको मांग गर्दै जसपा वीरगंज महानगर कमिटिका युवाहरुले बिरोध गरेका हुन ।
आईतबार वीरगंजको घण्टाघरस्थित प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरुले यो विधेकले नेपाली र भारतीय जनताबीच युगौंयुगदेखि कायम रहेको सामाजिक, सांस्कृतिक र पारिवारिक सम्बन्धलाई भत्काउने र नकारात्मक असर पर्ने भएकोले नागरिकता संशोधन विधेक खारेज गर्नु पर्ने उनीहरुले मांग गरेका हुन ।
उनीहरुले ‘‘महिलामाथि विभेद, अत्याचार बन्द गर’, ‘रोटीबेटीको सम्बन्ध बिगार्न पाइदैन’, ‘मधेशीमाथिको अत्याचार बन्द गर’, ‘केपी ओली तेरो पाराले दुःख पायो साराले’’ लगायतका नारा लगाउँदै नागरिकता विध्येक संशोधन फिर्ता गर्न मांग मांग गर्दै बिरोध प्रदर्शन गरेका छन् ।
अध्यक्ष ईश्वरचन्द्र यादवको नेतृत्वमा भएको प्रदर्शनमा तत्कालिन समाजवादी पार्टीका उपाध्यक्ष शेख रुस्तम, सचिव संदिप श्रीवास्तव, सह–सचिव फिरोज अंसारी, पर्सा क्षेत्र नं. १ का सांसद प्रतिनिधी घनश्याम गुप्ता, नगर समिति सदस्य समसाद अंसारी, लगायतको सहभागीता रहेको थियो ।
अन्तिम अपडेट २०७७ साल /असाढ़ ७ गते –आइतवार