धर्मेन्द्र कुमार यादव- महोत्तरी,
बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारन देशका सिमाहरु बन्द गरिएको छ तर सिमा बन्द भएपनी तस्करले तस्करी गर्न छोडेको छैन। तस्करी बन्द नहुदा समय समयमा धेरै मात्रामा समानहरु पक्राउ परिरहेको छ।
महोत्तरी जिल्लाको सम्सी नाकाबाट भारी मात्रामा खाधान्न सामाग्री बरामद गरेका छन। शसस्त्र प्रहरी सम्सिबाट खटेका गस्ती टोलीलाइ देखेर नेपाल भारत बोर्डरमा खाधान्न सामाग्री छोडेर भागेका थिए। बरामद सामाग्रीमा पापड ११५, हवाइ घोडा तेल २१०, दो फुल तेल ४५, चिनी ४ बोरा, राजनिवास ८ बोरा, तुलसी ८ बोरा र सुर्ती १०० पैकेट बरामद गरिएको छ। बरामद सामाग्रीकी बजार मूल्य लगभग २ लाख रहेको छ।
बरामद भएका समानहरुलाइ आवश्यक कार्यबायीको लागि जलेश्वर भन्सार कार्यालय पठाइको कुरा स. प्र.नी. नमराज पुडासैनीले जानकारी दिनु भाएको छ।
लक डाउन भएदेखी अहिले सम्म धेरै मात्रामा तस्करीका सामनहरु बरामद भएको छ। केही दिन देखि लागातार भारी मात्रमा कपडा, गाई, लागुऔषध र खाधान्न सामाग्री बरामद गरिएको थियो।