विष्णु यादव- महोत्तरी,
महाेतरी जिल्लाकाे साेनमा गाउपालिका ३ रघुनाथपुर बस्ने पुर्व गा बि स अध्यक्ष बिनाेद यादबकाे ५७ बर्षकाे अल्पआयुमै हृदयघात बाट निधन भएकाे छ।
साेमबार दिउसाे अचानक हृदयघात भइ उहाकाे निधन भएकाे परिबारजनले जनाए। निधन भाएका यादब युवा समय देखि राजनितिमा प्रवेश गरेका थिए । २०२० सालमा जन्मेका यादब राजनितिक्रममा नेपाली काँग्रेस पार्टीबाट २०४९ सालमा गा बि स अध्यक्षको उम्मेदबार भई भारी मतले बिजयी भएका थिए ।
उनी यस क्षेत्रमा निकै लाेकप्रिय नेताकाे रुपमा पहिचान बनाएको थियो। उहाकाे दाहसंस्कार पेैतृक गाउमा गरिएको छ।
उनकाे २ श्रीमती र एउटा छाेरी रहेकाे स्थानिय वडा अध्यक्ष पुलिन्दर यादबले जानकारी दिएका छन।